बिहीबार, २० वैशाख २०८१

पार्टी एकता संयोजन समिति बैठक बालुवाटारमा जारी, विवादित यि विषयमा सहमति जुट्ला ?

समयपोष्ट २०७४ चैत २२ गते ५:३०

एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बिहान १० बजेबाट शुरु भएको बिहीबारको बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास भईरहेको बताईको छ ।

Advertisement

एकीकृत पार्टीको केन्द्रीय समिति २९९ बनाउने यसअघि नै निर्णय भैसकको छ ।

कार्यदलस्तरमा एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य वा सूर्यभित्र हसियाँ–हथौडा, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुटेको छैन । त्यस्तै केन्द्रीय समितिमा कुन पार्टीका कतिजना राख्ने भन्नेमा पनि विवाद छ ।

विवाद रहेका यी विषयमा संयोजन समितिले टुङ्गो लगाउने नेताहरुले बताउँदै आएका छन् । माओवादी नेताहरुले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएका छन् भने एमलेले सूर्य मात्रै राख्ने अडान लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री