शुक्रबार, १४ वैशाख २०८१

मनसुनी गतिविधि अझै दुई दिन जारी रहने

समयपोष्ट २०७४ चैत २१ गते १६:०१

पश्चिमी वायुको प्रभावले आज देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ ।

Advertisement

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उहाँको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा आज ११.४ मिलिमिटर वर्षा भएको छ ।
आज देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ । काठमाडाँैको आजको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री