मंगलबार, ११ वैशाख २०८१

भारत कै सवैभन्दा राम्री सुन्दरीको सौन्दर्य रहस्य

समयपोष्ट २०७४ चैत २१ गते ५:००

दिशा पटानी बलिउडमा पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् । उनी अभिनीत ‘बागी २’ अहिले विश्वभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ । सन् २०१५ मा तेलगु फिल्म ‘लोफर’ मार्फत अभिनय यात्रा सुरु गरेकी दिशाले त्यसयता करिअरमा पछाडि फर्कनुपरेको छैन । आफ्नो सौन्दर्यका कारण धेरैको मन जित्न सफल दिशा नियमित डाइट चार्ट नै आफ्नो सौन्दर्यको राज रहेको बताउँछिन् । उनी चाइनिज फुडकी पारखी हुन् । आफ्नो छाला चम्किलो बनाइराख्न उनी स्वस्थकर खाद्यान्न मात्रै
प्रयोग गर्छिन् ।

Advertisement

ब्रेकफास्ट

उनी ब्रेकफास्टमा टोस्ट र दुईवटा अन्डा लिन्छिन् । एक गिलास दूध छुट्दैन । कहिलेकाहीँ सेरियल र जुस पनि लिन्छिन् ।

स्न्याक्स

दिउँसो स्न्याक्समा आलमन्ड्स वा पिनट्स लिन्छिन् । यी बदाम सबैभन्दा स्वस्थकर मानिन्छन् ।

लन्च

एक कचौरा फ्रुट सलाद र एक गिलास जुस लिन्छिन् ।

डिनर

एक कचौरा सुप नियमित लिन्छिन् । वेला–वेलामा ब्राउन राइस र दाल पनि डिनरमा समावेश गर्छिन् ।
उनी अत्यधिक पानी पिउने गर्छिन् । ‘सबैले मेरोजस्तो डाइट चार्ट फलो गर्नुपर्छ भन्ने छैन । म कम खान्छु ।

तर, मानिस भोको बस्न हुँदैन र म पनि बस्दिँन । आफ्नो शरीरले मागेअनुसार खानुपर्छ । तर सबै हामीले प्रयोग गर्ने खाद्यान्न स्वस्थकर र पोषणयुक्त हुन भने जरुरी छ,’ उनी भन्छिन्, ‘खाद्यान्नसँगै छालामा उमेर र जीवनशैलीको पनि ठूलो असर रहन्छ ।’ उनी अहिले २५ वर्षकी भइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री