शुक्रबार, १४ वैशाख २०८१

कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको तयारी

समयपोष्ट २०७४ चैत २० गते १५:२९

कर्मचारीको विदेश भ्रमणमा सरकारले कार्यविधि नै बनाएर विदेश भ्रमणमा कडाइ गर्ने तयारी गरेको छ ।

Advertisement

एउटै कर्मचारी धेरै पटक विदेश जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि सरकारले विदेश भ्रमणमा कडाइ गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणका नाममा विकृति देखिन थालेपछि कडाइ गर्न निर्देशन दिएका छन् ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेश भ्रमण सम्वन्धी कार्यविधि ल्याउने तयारी अघि बढाएको छ ।

त्यसका लागि प्रधानमन्त्री कार्यालयकै सचिव प्रेमकुमार राईको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री