सोमबार, १२ साउन २०८२

चर्चित अभिनेत्री अनुष्काको नयाँ योजना

समयपोष्ट २०७४ चैत १९ गते ३:२७

लिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले प्रोडक्सन क्षेत्रमा हात हलेर अहिलेसम्म तीन फिल्म निर्माण गरिसकिन् । यतिवेला उनी थप तीन फिल्म बनाउने तयारीमा जुटेकी छन् ।

ताजा जानकारीअनुसार अनुष्काले आफ्नै ब्यानरमा निर्माण हुने तीन फिल्मको नाम घोषणा गर्दै छिन् । उनका अनुसार यी तीनै फिल्म फरक–फरक विधाका हुनेछन् ।

उनले अभिनय गरेका तीन फिल्म पनि यसै वर्ष आउँदै छन् । जसमा अनुष्का मुख्य भूमिकामा रहेकी छिन् । राजकुमार हिरानीको ‘सञ्जय दत्तः बायोपिक’, वरुण धवनको अपोजिटमा ‘सुई धागा’ र ‘जिरो’मा शाहरुख खानका साथ उनी देखा पर्दै छिन् ।

यसअघि अनुष्काले ‘एनएच १०’, ‘फिल्लौरी’ र ‘परी’ फिल्म बनाएकी थिइन् । समीक्षकले ती तीनै फिल्मको तारिफ गरेका थिए । बक्स अफिसमा पनि ती फिल्मले राम्रो कलेक्सन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री