हिप्स बनाउन एक्सरसाइज
विकेश श्रेष्ठ, जिम इन्स्ट्रक्टर
एक्सरसाइजले शरीर सुगठित बनाउन मात्र होइन कि स्वस्थ रहन पनि मद्दत गर्छ । आवश्यकताअनुसार एक्सरसाइज गरी शरीरका विभिन्न भागलाई अकर्षक बनाउन पनि सकिन्छ ।
हरेक अंगलाई आकर्षक बनाउनका लागि फरक–फरक खालका एक्सरसाइजको जरुरी हुन्छ । त्यस्तै, एक्सरसाइज सामग्री पनि फरक–फरक नै प्रयोग गर्नुपर्ने हुन्छ । यसैगरी, हिप्सलाई सुगठित बनाउन पनि एक्सरसाइजको सहारा लिन सकिन्छ । यस्तो एक्सरसाइज महिलाका लागि अझ बढी उपयोगी हुन्छ । जिम इन्स्ट्रक्टर विकेश श्रेष्ठले यसबारे बताएका छन् :
कुनै पनि एक्सरसाइज सुरु गर्नुअघि शरीरका सबै अंगको स्ट्रेचिङ गर्न जरुरी छ । स्ट्रेचिङका लागि करिब १५ मिनेट समय दिँदा राम्रो हुन्छ ।
हिप्सको एक्सरसाइज गर्दा रेप्सलाई ध्यान दिन जरुरी हुन्छ । एकै किसिमका एक्सरसाइज पटक–पटक गर्नुलाई रेप्स भनिन्छ । कुनै एक्सरसाइज १६, कुनै १२ र कुनैलाई ८ पटकसम्म गर्न सकिन्छ ।
पत्येक एक्सरसाइजपश्चात् अर्थात् एउटा रेप्स सकेपछि केही समय रेस्ट गर्न जरुरी हुन्छ । रेस्टका लागि ४५ सेकेन्डदेखि एक मिनेटसम्मको समय दिँदा हुन्छ ।
सेटअनुसार हिप्सको एक्सरसाइज
स्क्वाट वाइड स्टेन्स, बारबेल स्क्वाट र डमबेल स्क्वाट ।
स्टिफ लेग डेडलिफ्ट, सुमो डेडलिफ्ट ।
हिप थ्रस्ट ।
हिप एडक्सन र हिप एन्डक्सन ।
डंकी किक, गलुट किकब्याक ।
जम्प स्क्वाट ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया