शुक्रबार, ७ वैशाख २०८१

स्कोडा नेपालले ल्यायो योजना “कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स”

समयपोष्ट २०७९ वैशाख १४ गते १४:५२

Advertisement

एम.ए.ब्लु. इन्टरप्राइजेज प्रा.लि., नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ताले नयाँ योजना “कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स” घोषणा गरेको छ।

यस योजनामा ग्राहकहरूले मात्र रू.10 लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् र गाडीको २ वर्षको नि:शुल्क आवधिक सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।

एम .ए .ब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो।

यस योजनामा स्कोडा कुशक मात्र रू १० लाख डाउन पेमेन्टमा खरिद गर्न सकिनेछ । ग्राहकहरूले २ वर्षको नि:शुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् (ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु पर्दैन)। स्कोडा कुशकलाई ७ वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ। कुनै ऋण प्रशोधन शुल्क बिना स्कोडा कुशक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशक ठाउँको ठाउँमै साट्न सक्ने , जसलाई डाउन पेमेन्ट मानिने कम्पनीले जनाएको छ । ग्राहकले स्कोडा कुशकसँग नि:शुल्क एक्सेसरीज पनि पाउने कम्पनीले जनाएको छ ।

स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्टमा एक्टिभ, एम्बिसन र स्टाइमा उपलब्ध भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त गाडीमा अवार्ड-विजेता नयाँ TSI प्रविधि सहितको १.० लिटर इन्जिन छ जसले ११५ पी.एस र १७८ एन.एम टर्क उत्पादन गर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री