बुधबार, १९ वैशाख २०८१

पोलभाडा नतिर्नेको जुनसुकै बेला तार काट्ने प्राधिकरणको चेतावनी

समयपोष्ट २०७९ वैशाख १४ गते १०:३१

Advertisement

नेपाल विद्युत प्राधिकरणले आफ्ना पोल प्रयोग गरेर भाडा नतिरेका फोन, इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गर्न आउन सूचित गरेको छ।

बुधबार सूचना जारी गर्दै प्राधिकरणले अधिकांश सेवा प्रदायकहरुले नियमानुसार पोलभाडा सम्झौता नगरी विद्युतीय संरचनाहरु प्रयोग गरिरहेको भन्दै सम्झौता गर्न, नवीकरण वा हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न सूचित गरेको छ।

नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम पनि नगर्न पुन: प्राधिकरणले सेवा प्रदायकहरुलाई सचेत गराएको छ। प्राधिकरणले नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायकहरुले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामाग्री नियन्त्रणमा लिने चेतावनी दिँदै आएको छ।

सम्झौता गर्न, नवीकरण वा हालसम्म बाँकी बक्यौता नतिरे जुनसुकै समयमा तार काट्न सक्ने भन्दै प्राधिकरणले त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने बताएको छ।

Advertisement

प्राधिकरणले यसअघि पनि पटकपटक यही प्रकृतिको सूचना जारी गर्दै पोलभाडा उठाउने प्रयत्न गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री