मंगलबार, १ जेठ २०८१

डिशहोम फाइबरनेट सेवा दाङ्गमा विस्तार

समयपोष्ट २०७९ वैशाख ८ गते १७:२७

Advertisement

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर , नेपालगञ्ज, धनगढीमा, सुर्खेत सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल तुलसीपुर, दाङ्गमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दै छ ।

Advertisement

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० Mbps देखि ६०० Mbpsसम्म उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री