शुक्रबार, १६ चैत २०८०

गरिमा क्यापिटलको विभिन्न योजना सार्वजनिक

समयपोष्ट २०७९ वैशाख ७ गते ९:५१

Advertisement

नयाँ वर्ष २०७९ साल तथा हालसालै साविक के.सी.एल अस्ट्यूट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको उपलक्ष्यमा विभिन्न योजनाहरु सार्वजनिक गरिएको छ ।

गरिमा क्यापिटलले ल्याएका योजनाहरुमा आजीवन हितग्राही तथा मेरो शेयर खाता योजना र निःशुल्क अनलाईन हितग्राही तथा मेरोशेयर खाता याेजनाहरू छन् ।

आजीवन हितग्राही तथा मेरोशेयर खाता योजना अन्तर्गत हितग्राही ग्राहकहरुले एक हजार ९९९ रूपैयाँ भुक्तान गरी आजीवन हितग्राही खाता खोल्न वा नविकरण गर्न सकिनेछ । यसबाट ग्राहकहरु वर्षेनी हितग्राही तथा मेरोशेयर खाता नविकरण गर्नुपर्ने झण्झटबाट मुक्त हुन सकिनेछ।

निःशुल्क अनलाईन हितग्राही तथा मेरोशेयर खाता योजना अन्तर्गत ग्राहकहरुले गरिमा क्यापिटलको वेवसाईट garimacapital.comमा गइ ONLINE DEMAT नामको अप्सनमा क्लिक गरी पहिलो वर्षको लागि निःशुल्क हितग्राही तथा मेरोशेयर खाता खोल्न सकिनेछ । यस योजना अन्तर्गत पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्क समेत लाग्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री