बुधबार, २ जेठ २०८१

सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट् मीट कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ वैशाख ५ गते १७:४८

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरले एजेन्ट् भेटघाट र ए एम एल/ सि एफ टी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र ए एम एल/ सि एफ टी तालिम कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री