बुधबार, २ जेठ २०८१

डिश होमद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

समयपोष्ट २०७९ वैशाख ४ गते ११:५४

Advertisement

डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत वालकल्याण आधरभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमका विच उक्त विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री सहित को झोला वितरण गरेको हो । ११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका बिद्यार्थीहरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहितको झोला वितरण गर्नुभएको हो ।

डिश होमको उक्त कार्येक्रम मा एक्यवद्दता जनाउदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्येक्ष्य टिकाराम सापकोटाले सहकारीको तर्फवाट वाटर डिस्पेन्सर, पानीको जार, डस्टविन , लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाइ हस्तान्तरण गरिएको छ।

Advertisement

उक्त कार्येक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, बिद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो। । उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशै भरि बिद्यार्थी हरुको उज्वल भविष्य को लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री