
भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।
स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए । पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए ।
भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
उनीहरूको काँग्रेस माओवादीकरण भएको आरोप छ । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए ।










प्रतिक्रिया