अध्यक्षमा श्याम तण्डुकार सर्वसहमत

गोदावरी बहुउद्देश्यीय सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

सहकारीको नियमावली अनुसार दर्ता भएको तीन महिना भित्रमा प्रारम्भिक साधारण सभा गर्नुपर्छ । यसैलाई मध्यनजर गर्दै एक भव्य समारोहको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो ।

नेकपा एमालेका माननीय नवराज सिलवालले सहकारी जोडिनुमा भएको बधाई ज्ञापन गर्दै राष्ट्रको उत्कृष्ट सहकारी बनाउनु पर्छ भन्ने भाव राख्नु भएको थियो । यसैगरि शुभकामना मन्तव्य दिने क्रममा नेपाली काङ्ग्रेसका गोदावरी नगर कमिटिका सचिव राजेन्द्र मर्हजनले सहकारीले कृषि क्षेत्रमा पनि टेवा पुर्याउनु पर्छ भन्ने भाव राख्नु भएको थियो । यसैगरि गोदावरी नगरपालिकाको कार्यपालिका सदस्य सिता तिमल्सिनाले सहकारीको समाजमा ठूलो योगदान रहेको छ ।

सहकारीको कारणले गर्दा धेरै मानिसले स्वरोजगारको अवसर पाएको कुरा राख्नु भयो । यसैगरि नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष रविन सिलवालले बहुउद्देश्यीयले योजनावद्ध ढंगले काम गर्न सकेमा धेरै कुराको उपलब्धि गर्न सकिन्छ भन्ने भाव राख्नु भएको थियो ।

यसैगरि नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर कमिटिका उपाध्यक्ष राज घिमिरेले यस सहकारीका नेतृत्वमा रहनु हुनेहरुमा भिजन भएको कारणले यसको सुन्दर भविष्य भएको कुरा राख्नु भयो ।

Advertisement

गोदावरी नगरपालिकाको सहकारी शाखाको प्रमुख ऋषी अधिकारीले सहकारी सम्वन्धी नियम, विनियम र सहकारीको कर्तव्यको वारेमा आफ्नो भाव राख्नु भएको थियो । यसैगरि गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बालमुकुन्द घिमिरेले सहकारी दर्ता गरेर आफ्नो गाउँ ठाउँमा केहि गर्नुपर्छ भनेर लागेको कारणले यो सहकारी दर्ता गर्नको लागि मात्र नियमावली बनाएर ३५ दिने सूचना जारी गरि दर्ता गरिएको हो ।

विभिन्न क्षेत्रको अनुभव भएका ब्यक्तिहरुको संग्लनता रहेको कारणले यो संस्थाको सफल्ताको कामना गर्नु भएको थियो । यस समारोहमा सभापतित्व संस्थाका अध्यक्ष श्याम तण्डुकारले गर्नु भएको थियो । स्वागत मन्तव्य संस्थाका सदस्य हिक्मत विशुंखेले गर्नु भएको थियो । धन्यवाद ज्ञापन संचालक सदस्य खड्ग बहादुर नगरकोटी ले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव अमृत तामाङले गर्नु भएको थियो ।

यस प्रारम्भिक साधारण सभाले अध्यक्षमा श्याम तण्डुकारलाई सर्वसहमत रुपमा चयन गरिएको थियो । यसैगरि उपाध्यक्षमा श्याम पौड्यल, सचिवमा अमृत तामाङ, कोषाध्यक्षमा गोपाल ओझा ,संचालक सदस्यहरुमा लक्ष्मी तण्डुकार, रामानुज आचार्य र खड्ग बहादुर नगरकोटी चयन भएको छ । यसै समारोहमा उत्कृष्ट बचतकर्ता श्याम पौड्यल र पहिलो बचतकर्ता दीपा सिलवाललाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री