
जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१औ जन्म जयन्ती काठमाण्डौमा भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त अवसरमा बिहीबार नेपाल जैन परिषद्ले एक कार्यक्रमको आयोजना गरेको थियो । जसमा पूर्व उपप्रधामन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
२६२१ औ जन्म जयन्ती अवसरमा काठमाण्डौंमा प्रभातफेरी समेत गरिएको थियो । चैत्र शुक्ल त्रयोदशिको दिन मनाउदै आएको यस जन्म जयन्ती हर्षोैउल्लासको साथ मनाउन हरेक बर्ष देश तथा बिदेशका बिशिष्ट व्यक्तिहरुको उपस्थिति हुँने गरेको छ ।
विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाई ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् ।
साढे १२ बर्ष सम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु जैन धर्मका प्रर्वतक तथा भगवान महावीरले ठूलो भूमिका निभाउनु भएकोे थियो ।
यस पटकको जन्म जयन्तीमा राजधानिमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा बिदेशबाट जैन धर्मका बिद्धान तथा अनुयायीको समेत बाक्लो उपस्थिति हरेको कार्यक्रम संयोजक सुमित जैनले बताउनु भयो ।
नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा बैसाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना भएको थियो ।











प्रतिक्रिया