१८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार, यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Advertisement

चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले  संयुक्त राज्य अमेरिकाको अन्तराष्ट्रिय विकासका लागि सहयोग निकाय यु एस एड बाट प्राप्त हुँने अमेरिकी डलर ६५९ मिलियन अर्थात करिब ७९ अर्ब ७१ करोड अनुदान रकम स्विकार गर्ने निर्णय समेत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री