प्रचण्डको ब्रिफिङ : हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेपछि तालमेल कठिन

नेकपा माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको छ ।

Advertisement

बैठकमा अध्यक्ष प्रचण्डले सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको ब्रिफिङ गरेका छन् ।

उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरू उपस्थित बैठकमा प्रचण्डले नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बताएका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री