
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपीमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् । केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए ।









प्रतिक्रिया