अन्तरिम आदेश खारेजीको माग गर्दै आयोगद्धारा सर्वोच्चमा रिट

निर्वाचन आयोगले निर्वाचित जनप्रतिनिधिले पुन:स्थानीय तहमा उम्मेदवारी दिए पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

Advertisement

मंगलबार निर्वाचन आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएको हो ।

निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै फेरि उम्मेदवार हुन पाउने भनी निर्वाचन आचार संहितामा व्यवस्था गरेको थियो ।

निर्वाचन आयोगको उक्त व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यही चैत ८ गते राजीनामाको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री