
नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा आठ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपमहानगर कमिटीको बैठकले आठ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।
नगर अध्यक्ष किसन ज्ञवालीले अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफरीस गरेको जानकारी दिए ।
यस्तै उपमेयरमा पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । जसमा खेम लुईँटेल, मधुकला कुवंर, टंक पराजुली, कल्पना थापा र ज्ञानु केसी छन् ।









प्रतिक्रिया