
काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।
उक्त कार्यक्रमको समुद्दघाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुभएको थियो । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वानहरुले आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि आज उद्घाटन गरिएको थियो।
सो अवसरमा प्रथम राष्ट्रपति डा. यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गर्नुभयो ।
पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पार्नुभयो ।










प्रतिक्रिया