सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

Advertisement

अपह्रान साढे ४ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाबाट अशोक राई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन् ।

तालमेलको मोडालिटी र उम्मेदवारको मापदण्डबारे निर्णय लिन गठबन्धनका शीर्ष नेताहरू र निर्वाचन तयारी तथा अनुगमन समितिका नेताहरूको बैठक बसेको हो ।

बैठकले शक्ति बाँडफाँटको मापदण्ड, महानगरहरुको नेतृत्व भागबण्डालगायतका विषयमा निर्णय लिने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री