
चन्द्रागिरि हिल्स रिसोर्टको महाप्रबन्धकमा सन्जीव थापा नियुक्त भएका छन्।
अभिषेकविक्रम शाहले राजीनामा दिएपछि हिल्स्ले थापालाई महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।
हिल्स्ले शाहको राजीनामा स्वीकृत गरेसँगै आउँदो वैशाख १ गतेदेखि लागू हुने गरी थापालाई नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीमा नवनियुक्त थापा लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा आबद्ध छन्। उनले हायत रिजेन्सी, केजीएच समूह अन्तर्गत सञ्चालित पार्क भिलेज रिसोर्ट लगायतमा चिफ अपरेटिङ अफिसरको भूमिका निर्वाह गर्दै आएका थिए।









प्रतिक्रिया