एमालेको आरोप- गठबन्धन सरकारले नौँ महिनामै अर्थतन्त्र तहसनहस बनायो (पूर्णपाठ)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा पुगेको दावी गरेको छ ।

Advertisement

एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको आरोप लगाएका हुन् ।

एमालेले आफूहरूले छाड्दा र अहिलेको अर्थतन्त्रका सूचकहरू समेत सार्वजनिक गर्दै सबै क्षेत्र नकारात्मक रहेको जनाएको छ ।

एमालेले बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा करिब रु १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा रु २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरिएको छ ।

हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने अनुमान पनि गरिएको छ ।

Advertisement

एमालेले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध पनि गरेको छ ।






प्रतिक्रिया

सम्बन्धित सामाग्री