
चाबहिलस्थित पशुपति क्याम्पसकी बिए तेस्रो वर्षमा अध्ययनरत छात्रा जंगलमा मृत फेला परेकी छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया निला राई गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत फेला परेकी हुन् ।
राई काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।
राईको बाँया हातको नाडीमा ब्लेडले काटेको डोब, घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
निलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।










प्रतिक्रिया