
पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराईएको छ। नबालिग गायिकालाई जर्बजस्ती बलात्कार गरेको अभियोगमा थुनामा रहेका शाहलाई बयान र थुनछेक बहसका लागि तनहुँ कारागारबाट नवलपुर लगिएको हो।
मंगलबार जिल्ला अदालतले शाहको बयान लिएको छ। जिल्ला न्यायाधीस अर्जुन अधिकारी समक्ष उनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने। अधिकारीको एकल इजालसमा थुनछेक बहस सुरु हुनेछ।
पलको तर्फबाट नौ जना कानुन व्यवसायीले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन्। जाहेरवालाको तर्फबाट मंगलबारसम्म कसैले पनि वकालतनामा दिएका छैनन्। यद्यपि पीडितका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। ‘बहस सुरु हुनु अगाडीसम्म वकालतनामा दिन सकिनेछ,’ उनले भने।
गएको चैत ३ गते सरकारी वकिलको कार्यालय नवलपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै मुद्दा दायर भएको हो। आजको नागरिक दैनिकमा यो समाचार छ ।









प्रतिक्रिया