
हेटौंडा सिमेन्टको महाप्रबन्धक छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको समितिले बसन्त कुमार पाण्डे, भरत रेग्मी र भूपेन्द्र प्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा पेस गरेको हो ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ती तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम महाप्रबन्धक छनौट प्रक्रिया अघि बढेको थियो । मन्त्रालयमा हेटौंडा सिमेन्टको महाप्रबन्धक बन्नलाई १२ जनाले आवेदन गरेका थिए । ती मध्येबाट छानिएर ३ जनाको सूची मन्त्रीपरिषद्मा पुगेको हो ।
सरकारले माघ २६ गते प्रतिस्पर्धात्मक रूपमा महाप्रबन्धक छान्नलाई आवेदन आह्वान गरेको थियो ।









प्रतिक्रिया