बिहीबार, १३ वैशाख २०८१

प्रतिबद्धता गरेअनुसार ९० प्रतिशतभन्दा बढी काम पूरा गरेको छु

समयपोष्ट २०७८ चैत २२ गते १०:१९

Advertisement

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न कत्तिको सफल हुनुभयो ?

मैले निर्वाचनमा गरेका प्रतिबद्धता ९० प्रतिशतभन्दा बढी पूरा गरेको छु । मैले गर्न नसकेको भनेको फ्लाई ओभरमात्र हो । फ्लाई ओभरको अध्ययन पनि भएको हो । यो सम्भव छ भनेर आएको पनि हो । तर, ६ वटा घर भत्काउनुपर्ने र बढी स्थान ओगट्नुपर्ने भयो । अर्को, त्रिपुरेश्वरदेखि माइतीघरसम्मको फ्लाई ओभरका लागि जाइकाले नेपाल सरकारलाई रिपोर्ट पनि पेस गरिसकेको छ । त्यसमा ललितपुरमा मुख जोडिएको छ । तर, त्यो फ्लाई ओभरको नाम–निसान नै छैन ।

तेस्रो, यो निकै महँगो पर्ने रहेछ । १.४ किलोमिटर निर्माण गर्न लगभग ४ अर्ब रुपैयाँ लागत लाग्ने रहेछ । हामीले यसलाई रद्द नै गरिसकेका छैनौँ तर हामी अलिकति व्याक भएका हौँ । अहिलेसम्म हामीले नगरेको सबैभन्दा ठूलो प्रोजेक्ट भनेको त्यही नै हो ।

हामीले घोषणापत्रमा उल्लेख नगरेका कुराहरुमा पनि ठूलो उपलब्धिहरु हाँसिल गरेका छौँ । उदाहरणको रुपमा पाटन मङ्गलबजारको भीमकाय भीमसेन मन्दिर हामी आफैंले बनाएका हौं । नेपाल सरकारसँग हामीले एक पैसा पनि सहयोग लिएनौँ । सरकारसँग पैसा लियो भने टेण्डर लिनुपर्ने रहेछ । टेण्डर लियो भने मठ, मन्दिर, शिवालय, देवालयको स्थिति खत्तम नै हुने रहेछ । त्यसमाथि समयमै सम्पन्न नहुने रहेछ । चुनावअगाडि टेण्डर गरेका पाँचवटा मन्दिरहरु अहिलेसम्म पनि निर्माण सम्पन्न भएका छैनन् । भीमसेन मन्दिर निकै ठूलो मन्दिर हो । यो पनि नबन्नेमा छैठौँ नम्बरमा पर्छ भनेर हामी आफैंले बनाएका हौं । त्यसमा प्रयोग भएका सम्पूर्ण सामग्री पुनः प्रयोग गर्न मिल्ने खालका छन् । यसका लागि हामीले जनतासँग ४ करोड ९३ लाख रुपैयाँ चन्दा सङ्कलन गर्यौं । र, हामी उद्घाटन गर्ने स्थितिमा पुग्यौं । अहिले यो मन्दिर उच्च गुणस्तरको बनेको भन्दै सम्पदाप्रेमीहरुको जनजिब्रोमा झुण्डिएको छ । यो हाम्रो घोषणापत्रमा थिएन ।

अर्को, हाम्रा शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्ष प्रवेश गर्दा हामीले विशेष सम्मान दियौँ । उहाँलाई गाडीको सुविधा दियौँ । उहाँको सम्मानमा सिक्काहरु, हुलाक टिकट, पुस्तकहरु निकाल्यौँ । नेपालमा जीवित सर्वसाधारण व्यक्तिका लागि गरिएको कदर/सम्मान सम्भवतः यो पहिलो नै हो । त्यो पनि हाम्रो घोषणापत्रमा नभएको कुरा हो । त्यति मात्र नभई हामीले यहाँ ७५ वटा पाटी–पौवा पनि बनाएका छौं ।

ललितपुर महानगरपालिकालाई स्मार्टसिटी बनाउने भनेर स्मार्टसिटी लाइटहरु इन्स्टल गरेका छौँ । यहाँका चारवटा रोडहरु एकदम राम्रा भएका छन् । त्यो फेज वन हो । फेज टु फेरि सुरु हुँदैछ । त्यसमा ११ सय ५० वटा स्मार्ट लाइटहरु हामीले जडान गर्दैछौँ ।

यहाँको कार्यकालमा तपाईं आफैं सन्तुष्ट भएको प्रोजेक्ट कुन हो ?

म आफैं सन्तुष्ट भएको प्रोजेक्टहरु धेरै छन् । सम्पदा क्षेत्रमा भक्तपुरपछि हामी राम्रो छौँ । मूर्त र अमूर्त सम्पदा क्षेत्रमा हामीले धेरै काम गरेका छौँ । २३ वर्षअगाडिदेखि रोकिएको ललितपुर प्रसिद्ध खड्ग जात्रा फेरि चलायौँ । त्यस्तै, अमूर्त सम्पदाका जति पनि अवयवहरु रहेका छन्, त्यसलाई हामीले आर्थिक रुपमा सहयोग गरेका छौँ, अक्षय कोषहरु बनाइदिएका छौँ, जसले गर्दा पैसाकै अभावमा अब ती कुराहरु रोकिँदैनन् । अर्को, ललितपुर महानगरपालिकालाई स्मार्टसिटी बनाउने भनेर स्मार्टसिटी लाइटहरु इन्स्टल गरेका छौँ । यहाँका चारवटा रोडहरु एकदम राम्रा भएका छन् । त्यो फेज वन हो । फेज टु फेरि सुरु हुँदैछ । त्यसमा ११ सय ५० वटा स्मार्ट लाइटहरु हामीले जडान गर्दैछौँ । सडकको दायाँ–बायाँ वृक्षारोपण गर्नेदेखि सबै कामहरुमा चित्त बुझ्ने गरी काम गरेका छौँ । त्यस्तै, साढे ३२ कि.मि. साइकल लेन पनि बनाएका छौँ । चक्रपथमा थप साइकल लेन बनाउने तयारीमा छौँ ।

कोरोना महामारीकै क्रममा पनि ललितपुर नेपालभरिमै राम्रो काम गर्नेमा गनिएको छ । यसका लागि नेपाल सरकारले हामीलाई पुरस्कृत नै गर्दैछ । सुशासनको सन्दर्भमा हाम्रो महानगरपालिका भित्र धेरै वर्षपहिलेदेखि नगरपालिकाको स्वामित्वमा रहेका पसल–कवलहरु कौडीको भाउमा ऋणमा दिइरहेको थियो । त्यसलाई हामीले विधिसम्मत गरेर हिजो १४ हजार रुपैयाँमा दिएको पसल–कवलको भाडा मासिक एक साल ६० हजार उठेको छ । हामीले हरेक क्षेत्रमा राम्रो काम गरेका छौँ । यी कुराहरुमा म आफू पनि सन्तुष्ट छु ।

अहिले धेरै प्रोजेक्टहरुलाई हामीले पाइपलाइनमा राखेका छौँ । त्यसलाई पूरा गर्न पनि फेरि एकपटक दोहोरिने पो हो कि भन्ने विचार छ ।

यहाँको दोहोरिने इच्छा छ कि ?

संविधानमा मेयर दुई पटकसम्म हुन पाउने भन्ने छ । मेरो अहिलेको कार्यकाल हेर्दा नगरवासीहरु पनि सन्तुष्ट हुनुहुन्छ । उहाँहरुको सुझाव पनि दोहोरिनुपर्छ भन्ने नै छ । पहिलोपटक म जितेर आउँदा यहाँ केही थिएन । कर्मचारीतन्त्रले शासन चलाइरहेको अवस्था थियो । आउनासाथ गर्न लायकको प्रोजेक्ट पनि थिएन । अहिले धेरै प्रोजेक्टहरुलाई हामीले पाइपलाइनमा राखेका छौँ । त्यसलाई पूरा गर्न पनि फेरि एकपटक दोहोरिने पो हो कि भन्ने विचार छ ।

यहाँले शेरबहादुर देउवासँग अघिल्लो चुनावमा बाजी पनि राख्नुभएको थियो । यहाँले एक सय माग्नुभयो त ?

उहाँसँग मेरो बाजी परेकै हो । उहाँले मलाई पत्याउनु हुन्न थियो । मेरो चिनजान पनि थिएन । नामै नसुनेको मानिसलाई टिकट कसरी दिने भनेर उहाँलाई पत्याउनै पनि गाह्रो भइरहेको थियो । उहाँसँग फोनमा कुरा गर्ने मौका पाएँ । उहाँले तपाईंले जित्नुहुन्छ ? भनेर सोध्नुभयो । मैले जित्छु, मेरो पृष्ठभूमि राम्रो छ भनेँ । म यसभन्दा अघि तीनपटक वडाअध्यक्ष भइसकेको व्यक्त हुँ भनेँ । नेपालकै ठूलो संस्था ज्यापु समाजको अध्यक्ष पनि भइसकेको छु, त्यसले गर्दा जित्छु भनेँ । तर पनि उहाँले पत्याउनुभएन । त्यही कुरा बारम्बार सोधेपछि मलाई रिस उठ्यो अनि मैले भनेँ– म हारेँ भने म तपाईंलाई एक लाख दिन्छु, जितेँ भने तपाईंले मलाई एक सय रुपैयाँ दिनुहोस् भनेर बाँजी ठोकेँ । मैले जितेँ । उहाँले मलाई एक सयको ठाउँमा एक हजार दिनुभयो । समयबोध म्यागेजिन

प्रतिक्रिया

सम्बन्धित सामाग्री