शुक्रबार, १४ वैशाख २०८१

नयाँ वर्षको अवसरमा मोटरहेडले ल्यायो “स्क्रयाच एण्ड क्याच द क्यास”अफर

समयपोष्ट २०७८ चैत २१ गते १२:३५

Advertisement

एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले नव वर्ष २०७९ लाई लक्षित गर्दै “स्क्रयाच एण्ड क्याच द क्यास” नामक अफर सन्चालनमा ल्याएको छ ।

उक्त अफर अन्तर्गत कम्पनीले यही चैत १५,२०७८ देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागी रु.७,०००।– देखि रु.१ लाख सम्म स्क्रयाच गरी छुट पाउन सकिने व्यवस्था गरेको छ ।

अफर अवधिभर खरीद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई रु.२,०७,९००।– प्रदान गरिने कम्पनीले जनाएको छ । देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहने कम्पनीले जनाएको छ ।

सिधै नगद छुट भन्दा यस प्रकारको स्क्रयाच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको बतायो । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयर को सुविधा सहित डिलर रहेको छ । साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द्रकको पनि विस्तार गर्दै आएको छ ।

हाल मोटरहेडका वाइकहरु रु.३,०५,०००।– देखि शुरु भई अधिकतम रु.४,५५,०००।–सम्ममा उपलब्ध छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको जानकारी कम्पनीले दिएको छ । ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रि मुलक कार्यक्रममा मात्र केन्द्रीत नभई कष्टुमर केयर डिपार्टमेण्ट पनि सन्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री