यहीं फक्रन्थे टिपरले चुँडिएका दुई थुँगा

टिपर ठक्करबाट सृष्टि र श्रेया घिसिङको मृत्युपछि पाँचौ दिन आइतबार उनीहरू पढ्ने गोकर्णस्थित विद्यालय पुग्दा विद्यार्थी र शिक्षकका आँखा रसाएका थिए। आइतबारको मौसमजस्तै गोकर्णस्थित बाग्मती नदीको किनारमा रहेको वर्ल्ड युथ इन्टरनेसनल विद्यालय त केही खुलेको थियो, तर विद्यार्थीको अनुहार धुम्म रह्यो।

Advertisement

‘नानीहरू रसिला आँखा लिएर आइतबार विद्यालय आए,’ प्रिन्सिपल निराजन सेढाईले भने, ‘फेरि एकपटक घाउ ताजा भएर आएको छ।’ नानीहरू एक अर्काको अनुहारमा हेर्दे रुन थालेपछि विद्यालयले सृष्टि र श्रेयाको सम्मानमा शोक कार्यक्रम पनि राख्न सकेन। ‘कार्यक्रम अगावै सबै रोइसकेका थिए,’ उनले भने, ‘हामीले उनीहरूलाई भुलाउने प्रयासमा रह्यौ।’

कक्षामा नानीहरूको अभाव नखट्कियोस् भनेर विद्यालयले कक्षा परिवर्तन गरेको छ। ‘कक्षा २ का विद्यार्थीलाई कक्षा ४ र ४ का विद्यार्थीलाई कक्षा २ मा राखेका छौ,’ उनले भने, ‘तर दुवै कक्षामा उनीहरूकै अभाव देखिन थालेको छ।’ कक्षाका नानीहरूले मात्र हैन, विद्यालयका करीब ६ सय विद्यार्थीले उनीहरूका साथीहरूलाई खोजिरहेको सेढाईले सुनाए।

नानीहरूको सजिलोका लागि विद्यालयले निःशुल्क बस सञ्चालनमा ल्याएको थियो। सृष्टि र श्रेयाका बुबा रोहनले घर अफरोडमा भएकाले बस स्टेसनसम्म बाइकमा ल्याउने गर्थे। ‘त्यो दिन स्टेसनअगाडि नै दुर्घटना घट्यो,’ सेढाईले सुनाए, ‘उनीहरू विद्यालय आउनुअगावै मृत्युको खबर आयो।’ आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री