स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, अर्घाखाँचीले आफ्नो नियमित कार्यक्रम अन्तर्गतको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

यस जिल्लाबाट सरुवा भई राष्ट्रिय विपद प्राधिकरणमा सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र शाखा अधिकृतद्वय विकल्प भट्टराई र शालिक पन्थीको एक कार्यक्रम बीच विदाई गरिएको हो । विकल्प भट्टराई र शालिक पन्थी हालै नेपाल सरकारको शाखा अधिकृतमा सिफारिस भई क्रमश करदाता सेवा कार्यालय नवलपरासी र पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेशमा पदस्थापन हुनु भएको छ ।

त्यसैगरी यस जिल्लामा अन्यत्र जिल्लाबाट सरुवाई भई आउनु भएका मालपोत अधिकृत टीकाराम पौडेल, घरलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख उद्योग अधिकृत सन्तोष खनाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका लेखापाल लक्ष्मण के.सी. र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका लेखापाल दुर्गा प्रसाद पाण्डेको सोही कार्यक्रममा स्वागत गरिएको छ ।

विदाई कार्यक्रममा बोल्दै सरुवा बढुवा कर्मचारीको नियमित प्रक्रिया भएको र यस जिल्लामा रहँदा बस्दा सम्बन्ध सबैबाट साथ र सहयोग पाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । साथै कर्मचारीहरुलाई जागिर खान, जोगाउन र छोडन सजिलो नभएको अबस्थामा कर्मचारीहरु नैतिकवान र सदाचारी हुनु पर्ने कुरामा जोड दिदै यस जिल्लामा आधिकारिक ट्रेड युनियनको सक्रियताको प्रसंशा समेत गर्नु भएको थियो ।

Advertisement

त्यसै गरी कार्यक्रमबाट विदाई भएर जाने शाखा अधिकृतद्वय शालिक पन्थी र विकल्प भट्टराईले अर्घाखाँची जिल्लाको आधिकारिक ट्रेड युनियन देशकै अब्बल र रचनात्क क्रियाकलापमा अगाडि रहेको बताउदै सम्मान तथा विदाई गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । स्वागत तथा विदाई कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियनले यहि चैत्र २५ गते गर्न लागेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामाको सफलताको कामना गर्दै सम्बद्ध सबैमा सहयोग गर्न आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्माले सबैमा अनुरोध गर्नु भएको थियो ।

युनियनले नगद राशी (पहिलो रु. ७०००/- दोश्रो रु. ५०००/-, तेश्रो रु. ३०००/- र सान्त्वना रु. १५००/-) पुरस्कार भएको जिल्ला स्तरीय कार्यालयगत हाजिरी जवाफ प्रतियोगता गर्न लागेको छ ।

कार्यक्रममा आधिकारीकका पदाधिकारी, सदस्यहरु, अस्थायी तथा ज्यलादारी कर्मचारीका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप जि.सी. र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका खरिदार पोमनारायण कुँवर समेतको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीको विदाई कार्यक्रम जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको थियो भने अन्य विदाई र स्वागत आधिकारिक ट्रेड युनियनको कार्यालय जिल्ला समन्वय समितिको भवनमा सम्पन्न भएको थियो । कार्यक्रम आधिकारिक ट्रेड युनियनका अधय्क्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद डुम्रेको स्वागत मन्तव्य सदस्य नारायण प्रसाद दमासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री