शुक्रबार, १४ वैशाख २०८१

समृद्ध र सुन्दर भरतपुर बनाउन अझ थुप्रै कामहरू मेरो दिमागमा सेट भइसकेका छन्

समयपोष्ट २०७८ चैत २० गते १३:५०

Advertisement

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदैछ । यहाँले भरतपुर महानगरको मेयरमा निर्वाचित हुँदा जनाएका प्रतिबद्धता कत्तिको पूरा गर्न सफल भएँ जस्तो लाग्छ ?

हो, स्थानीय निर्वाचनको प्रक्रिया अगाडि बढिसक्यो । मेरो पाँच वर्षे कार्यकाल समाप्त हुँदैछ । यस बीचमा पाँच वर्षअगाडि निर्वाचनको मैदानमा भिड्दा कुरा गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको छु भने भरतपुरलाई समृद्ध बनाउने थप योजनाहरूसमेत समावेश गरी अगाडि बढाएकी छु ।

यहाँले सम्पन्न गरेको आफैंलाई आत्मसन्तुष्टि लाग्ने कुनै परियोजना छ कि ?

छन्, एकाध होइन, थुप्रै छन् । मैले भरतपुरमा सुविधासम्पन्न सिटीहल निर्माण गर्ने सङ्कल्प गरेकी थिएँ, त्यो निर्माणाधीन अवस्थामा छ । भरतपुरको महानगरीय रिङरोड र लिङ्करोड निर्माण गर्ने भनेकी थिएँ, जसको ४० कि.मि. रिङरोड र लिङ्करोड सडक निर्माण भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा छन् । मेरो कार्यकालको ५ वर्षमा ६ सय १० कि.मि. सडक कालोपत्रे सम्पन्न भएको छ । हुलाकी सडक, चौबीसकोठी–मेघौली गोलाघाट सहायक राजमार्गमा स्तरोन्नति गरी काम भइरहेको छ । भरतपुर महानगरपालिकाको रू. ९४ करोड लागतको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन शिलान्यास गर्न सफल भएको छ । छिट्टै द्रूत गतिमा निर्माण काम सुरू हुन्छ । देवघाटमा विद्युतीय शवदाह गृह निर्माणाधीन अवस्थामा छ । भरतपुर केन्द्रीय बस टर्मिनलको पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । भरतपुर अस्पतालमा सुविधासम्पन्न बिरामी कुरूवा घर निर्माण पूरा भई सञ्चालनमा आएको छ । रानीपोखरी पार्क र लक्ष्मीनारायण मन्दिर सम्पन्न हुने चरणमा छन् । भरतपुर महानगरपालिका बरण्डाभार जङ्गल र चितवन राष्ट्रिय निकुञ्जले घेरिएको छ । जङ्गली जनावर र सिमानाका जनताको समस्या समाधान गर्न फाउण्डेसनसहितको मेसजाली निर्माण गरेका छौं, जसले जङ्गली जनावरका कारण हुने सबै प्रकारका क्षति रोकिएको छ ।

वर्षौंदेखिको नारायणी र राप्ती नदीको कटान र डुबानलाई दिगो व्यवस्थापन गर्न ६ अर्ब बराबरको लागतमा तटबन्धको काम अगाडि बढिरहेको छ । भरतपुर महानगरवासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न साना र ठूला गरी ३ अर्ब ३४ करोड बजेट परिचालन गरी आयोजनाको निर्माणको काम दू्रत गतिमा अगाडि बढिरहेको छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रीकरणमार्फत् उत्पादकत्व वृद्धि गर्दै उत्पादन लागत घटाउन किसानलाई प्राप्ति गर्ने काम भएको छ । दुग्ध उत्पादक किसानहरूलाई प्रतिलिटर रु. ३ नगद अनुदान उपलब्ध गराएकी छु । भरतपुर महानगरपालिकाका १९ वटा वडाकार्यालयहरू नयाँ निर्माण र बाँकीको पुनर्निर्माण गरी सेवा प्रवाहलाई चुस्त–दुरूस्त बनाउन सफल भएका छौं । यस अवधिमा कम्तीमा एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन् । नागरिकको स्वास्थ्य उपचारको रोजाइमा परेका भरतपुर अस्पताललाई महानगरपालिकाको पहलमा केन्द्रीय अस्पतालको रूपमा स्तरोन्नति गरी थप विशेषज्ञ सेवा प्रवाह गर्न प्रेरित गरिएको छ ।

वर्षौंदेखिको नारायणी र राप्ती नदीको कटान र डुबानलाई दिगो व्यवस्थापन गर्न ६ अर्ब बराबरको लागतमा तटबन्धको काम अगाडि बढिरहेको छ । भरतपुर महानगरवासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न साना र ठूला गरी ३ अर्ब ३४ करोड बजेट परिचालन गरी आयोजनाको निर्माणको काम दू्रत गतिमा अगाडि बढिरहेको छ । भरतपुरको वडा नं. २९ जुन पहाडी भूभागभित्र पर्दछ, जहाँका बासिन्दाले वर्षौंदेखि पिउने पानीको अभावमा बस्ती नै विस्थापित हुने अवस्था थियो, त्यहाँ लिफ्टिङ प्रणालीबाट घर–घरमा पानी पु¥याएको छ । सुन्दर नारायणी नदी किनारलाई ‘सि बिच’को मोडलमा विकास गरी पर्यटकीय केन्द्र बनाउने पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको छ । पुल्चोक गोन्द्राङ ६ लेनको ७ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ । उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत ७८ किलोमिटर सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम भइरहेको छ । मुख्य राजमार्ग तथा सडकमा विद्युतीय तारलाई भूमिगत प्रणालीमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिरहेको छ ।

शिक्षा क्षेत्रमा आवश्यक बजेट थपे कुल बजेटको १५ प्रतिशत विनियोजन गरी विद्यालयका भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिका लागि कदम चालेँ । परिणामस्वरूप अहिलेको यो अवधिमा ६ हजार बढी विद्यार्थीहरू निजी विद्यालय छोडेर सरकारीमा भर्ना भएका छन् ।

म महानगरमा प्रमुखको रूपमा आउँदा शिक्षा क्षेत्रमा सरकारी विद्यालयहरूको अवस्था दयनीय देखेँ । विद्यार्थीहरू सरकारी विद्यालय छोडेर निजीमा जाने लहर रहेछ । मैले तत्काल छलफल चलाएँ र शिक्षा क्षेत्रमा आवश्यक बजेट थपे कुल बजेटको १५ प्रतिशत विनियोजन गरी विद्यालयका भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिका लागि कदम चालेँ । परिणामस्वरूप अहिलेको यो अवधिमा ६ हजार बढी विद्यार्थीहरू निजी विद्यालय छोडेर सरकारीमा भर्ना भएका छन् । महानगरका सबैजसो विद्यालयमा अत्यावश्य पूर्वाधार सम्पन्न भएका छन् ।

छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयबाट घर टाढा भएका छात्रछात्राहरूलाई विद्यालय आउन सहज होस् भनेर साइकल वितरण गरिएको छ । यी र यस्ता थुप्रै रचनात्मक काम मैले मेरो कार्यकालमा पूरा गरेकी छु । अब तपाईं नै भन्नुहोस्, काम भए कि भएनन् भनेर ।

जसरी हामीले गाउँ–गाउँमा सिंहदरबार भन्यौँ, असलीरूपमा त्यो सङ्घ र प्रदेशका कतिपय कानुनी र नीतिगत झमेलाले स्थानीय तहहरूले त्यसको अनुभूति गर्न अझै सकेका छैनन् ।

कामको सिलसिलामा सङ्घीय सरकार र प्रदेश सरकारसँगको सम्बन्ध, समन्वयको अवस्था कस्तो रह्यो ?

मेरो ५ वर्षे अवधिमा सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर थुप्रै कामहरू गरेकी छु । समग्रमा समन्वय राम्रै रह्यो । यस बीचमा सङ्घ र प्रदेशले संविधानको मर्मबमोजिम आवश्यक कानून र कार्यविधि नबनाइदिँदा कार्यान्वयनमा भने अवरोधहरू सिर्जना भए जसरी हामीले गाउँ–गाउँमा सिंहदरबार भन्यौँ, असलीरूपमा त्यो सङ्घ र प्रदेशका कतिपय कानुनी र नीतिगत झमेलाले स्थानीय तहहरूले त्यसको अनुभूति गर्न अझै सकेका छैनन् ।

 

सङ्घीय संरचना बनेपछि महानगरमा महिला प्रमुख निर्वाचित हुनुभयो । नगरवासीले यहाँलाई कसरी सम्झिऊन् भन्ने लाग्छ ?

जनताको काम गर्ने हो । जनताको भावनाबमोजिम जनताको सेवामा लाग्न महिला–पुरूष भन्नेले तात्विक अर्थ राख्ला जस्तो मलाई लाग्दैन । संयोगवश, म र उपप्रमुख हामी दुवै भरतपुरमा महिला छौँ । नगरवासीहरूले हामीलाई झन् ठूलो विश्वासको रूपमा हेरेको यो ५ वर्षको अवधिमा मैले अनुभूति गरेकी छु । म नगरवासीको इच्छा, चाहना र मागभन्दा बाहिर कहिल्यै गइनँ । विकास निर्माण, सामाजिक सेवा, सुशासन सबै क्षेत्रमा नगरवासीको सल्लाह र सुझाव लिएर कामहरू अगाडि बढाएँ । जनाताका जायज माग र आवश्यकतालाई सधैं प्राथमिकतामा राखेँ, जसका कारण नगरवासी आदरणीय जनसमुदायहरूले म मेरो टिम र कार्यसम्पादनलाई अब्बलरूपमा लिनुभएको अनुभूति मलाई भएको छ ।

अन्त्यमा यहाँले अघि सारेका योजना पूरा गर्न महानगर प्रमुख पदमा फेरि दोहोरिने यहाँको व्यक्तिगत इच्छा के छ ?

मैले भरतपुर महानगरपालिकाको अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाएर काम अगाडि बढाएकी छु । अधिकांश काम मैले पूरा गरेकी छु । समृद्ध र सुन्दर भरतपुर बनाउन अझै थुपै्र कामहरू मेरो दिमागमा सेट भइसकेका छन् । तिनलाई पूरा गर्न आम भरतपुर महानगरवासीको चाहना र पार्टीको सोहीबमोजिम निर्णय हुँदा पुनः दोहोर्याउने भन्नेमा के फरक पर्दछ । यो मेरो मात्र इच्छा र चाहनाले होइन, पार्टीको निर्णयबमोजिम हुनेछ । समयबोध म्यागेजिन, चैत्र २०७८ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री