नेपालको विकासका लागि भारत हरहमेसा साथ रहन्छ : प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत हरहमेसा साथ रहने प्रतिबद्धता जनाएका छन ।

Advertisement

नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट चार परियोजनाको उद्घाटनपछि सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले नेपालको शान्ति, प्रगति र विकासका लागि भारत हरहमेसा साथमा रहने बताएका हुन् ।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीच सम्बन्ध बलियो बनाउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठुलो भूमिकाले रहेको समेत बताए । उनले नेपाल र भारतबीच फरकखालको सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीच आर्थिक, सांस्कृतिक, सामाजिक सबै खालको सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्री देउवासँग विभिन्न विषयमा छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देशको बीचमा भइरहेको विभिन्न कामको समीक्षा भएको बताए । उनले विद्युत् क्षेत्रमा पनि दुई देशको बीचमा सहयोग आदान प्रदान हुने जानकारी दिए । उनले भने, ‘नेपालले आफ्नो विद्युत् भारतलाई निर्यात गरिरहेको छ, यसले दुवै देशलाई फाइदा भइरहेको छ ।’ उनले विद्युत् निर्यातले नेपाललाई आर्थिक रूपले फाइदा हुने धारणा राखे ।

पञ्चेश्वर परियोजनाका लागि पनि प्रधानमन्त्री देउवासँग छलफल भएको बताउँदै उनले यो परियोजना नेपाल भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुने दावी गरे । क्रस बोर्डर कनेक्टीभिडीको बारेमा पनि दुई देशको प्रधानमन्त्रीबीच छलफल भएको बताउँदै प्रधानमन्त्री मोदीले जयनगर–कुर्था रेल सेवा पनि त्यसैको एउटा सुरुवात रहेको बताए । नेपाल पुलिस एकेडेमी, रामायण सर्किटलगायतका क्षेत्रमा पनि काम भइरहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री