कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।

Advertisement

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेसंगै प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने भएका हुन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाँणलाई जिम्मेवारी तोकेकी छन् ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री