बुधबार, २ जेठ २०८१

२१ महिना बित्दासमेत पूरा भएन बल्कोट नेटा सडकखण्डको काम

समयपोष्ट २०७८ चैत १८ गते १३:०३

Advertisement

अशोक खनाल
अर्घाखाँची जिल्लासंग जोडिएको छिमेकी जिल्ला गुल्मी जोड्ने मुख्य सडकको कामले अझै गति लिएको छैन ।

जिल्ला सदरमुकाम सन्धिखर्क-बल्कोट-तम्घास सडकखण्डको बल्कोट नेटा खण्डमा काम नहूँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

१८.२५ किमि डिबिएस्टी गर्नु पर्ने उक्त सडकखण्डमा अझै काम हुँन सकेको छैन । २०७६ साल आषाढ २९ गते २४ महिनामा सम्पन्न गर्ने गरी सुनिल समीर केशेस्वर जेबिले १९ करोड रुपैयाँमा सक्ने सम्झौता गरेको थियो ।

हाल उक्त सडकखण्डमा सामान्य स्ट्रक्चरको काम बाहेक खासै प्रगति भएको छैन ।

Advertisement

बिहीबार जिल्लाको छ्त्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको नेतृत्वमा सडक पुर्बाधार बिकाश कार्यालय अर्घाखाँचीका प्रमुख बिनोद चौधरी, इन्जिनियर अशोक दवाडीसहित अनुगमनमा पुगेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री