शुक्रबार, १६ चैत २०८०

महतोजीले उठाइदिएको र झुकाइ दिएको मेरो शिर !

समयपोष्ट २०७८ वैशाख १७ गते १२:४८

Advertisement

केही महिना अगाडि नेपालको नक्सामा छुटेको हाम्रो भुभाग थप्ने निर्णय भयो। संसदबाट अनुमोदन गर्नुपर्ने थियो। त्यस समयमा जसपाका नेताहरु खासगरी मधेसी मुलका नेताहरुले के गर्लान, मतदान गर्लान की नगर्लान भन्ने जिज्ञासा थियो, किनकी हामिकहाँ मधेश र मधेशि जनतालाइ हेर्ने खश अहंकारबादले पैदा गरेको जुन चेतना छ त्यसले समग्र जातीमाथी नै शंका उठाइ दिने गर्दछ। यसखालको परिवेशमा संसदमा राष्ट्रियताको सबालमा खरो भाषामा राजेन्द्र महतोजीले जुन अभिव्यक्ति दिनु भएको थियो त्यो बिचारले सबैलाइ नतमस्तक बनाइ दिएको थियो। त्यो प्रसङ्गमा वहाँलाई त्यो घटनाको मेन अफ दि मेच भन्न सकिन्थ्यो।

यो घटनाले धेरै मानिसहरुमा मधेसी समुदायलाइ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको महसुस हुन्थ्यो। म स्वयम पनि गर्भले गदगद भएको थिए। उहाँप्रतिको मेरो सन्मान हजारौं गुणा बढेर गएको थियो। यो मेरो भावनामा रहेको कुरा पछिल्लो महिना उहाँ तौलिहवा आएको समयमा उहाँलाई मैले बधाइ दिएको थिए। केही समयको अन्तरालमा यतिवेला फेरि अर्को राजनैतिक घटनामा वहाँका सोच, चिन्तन र बिचारहरु जुन देखा परेका छ्न। त्यसले हामी अग्रगामी बिचार राख्नेहरुलाइ गम्भीर र चिन्तित बनाउन पुगेको छ। यो पछिल्लो घटनाक्रमले उहाँप्रतिको स्नेह,सम्मान र आदर्शहरु सबै भत्कन पुगेका छ्न किनकी नेताको शरीर मात्र प्यारो हुने गर्दैन, उसप्रतिको माया, सम्मान या घृणा गर्ने भनेको उसले लिने बिचार,उसको दृष्टिकोण र उसले चाल्ने कदममा भरपर्ने कुरा हो।

सामान्य चेतनाको कुरा यो हो की यति बेलाको शघंर्ष भनेको अग्रगमन र पच्छगमन,बिधिको शाषन मान्ने र नमान्ने, अगाडि बड्ने र पछाडी फर्कने,अथवा भनौं की सम्पुर्ण उपलब्धिहरु भत्काउन प्रयासरत केपिजी र वहाँको समूह एकातिर । रहेको छ भने अर्कोतिर उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नु भन्ने अन्य पार्टी र मुख्यत: जनता समाजबादी पार्टी । मैले यहाँ मुख्य यसकारणले भने की सरकारका ज्यादतीका विरुद्ध अग्रपंक्तिमा रहेर सबैलाइ यस दिशामा डोराउने काम प्रारम्भमा जसपाले नै गरेको थियो। यो संघर्षको बिचमा स्वयम् राजेन्द्र महतोजी पनि कतिपय शहरहरुमा वक्ताको भुमिका निभाउनु भएको छ।

यहाँहरुको यो कदम इतिहासको गम्भीर भुल हुनेछ। परिस्थितिमा कुनै आमूल परिबर्तन बिना नै ओलि क्याममा सम्मीलित हुनु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हुनेछ।

यो दुई धारा बिचको संघर्ष जारी नै छ र जारी रहने छ। यसै बिचमा खासगरी तपाईं र महन्तजी एकाएक ओलिजीसङ्गको उठबस मायाप्रिति, लचकता, केही मुद्दाहरुको बापसी र मागे जती मन्त्रीहरुको आश्वासनको भरमा ओलि सरकारमा सामेल हुने र आफैले उठाएका मुद्दाहरु माथी आफै बलात्कार गर्ने, आफ्नैबाट एक्लीएका ओलिजीलाई सत्ताको निरंतरता दिने जुन अभ्यास भै रहेको छ । यो घटनाले मेरो शिर लज्जित हुन पुगेको छ। यहाँहरुको यो कदम इतिहासको गम्भीर भुल हुनेछ। परिस्थितिमा कुनै आमूल परिबर्तन बिना नै ओलि क्याममा सम्मीलित हुनु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हुनेछ। समयमै पुनर्बिचार गर्दा राम्रो हुन्थ्यो की?

प्रतिक्रिया

सम्बन्धित सामाग्री