शुक्रबार, ४ जेठ २०८१

“सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” निश्कासनका लागि अनुमति

समयपोष्ट २०७८ वैशाख १५ गते १८:३१

Advertisement

धितोपत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” निश्कासनका लागि अनुमति दिएको छ ।

बोर्डले बैंकलाई १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” निश्कासनका लागि अनुमति दिएको हो ।

यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,००० अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासनको तयारी गरेको छ ।

उक्त रु.७५ करोड बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु.४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.३० करोड बराबरको ऋणपत्र(सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ ।

Advertisement

ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउने बैंकले जनाएको छ । बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री