शुक्रबार, ४ जेठ २०८१

१ अर्ब नाघ्यो बैंक अफ काठमाण्डूको खुद नाफा

समयपोष्ट २०७८ वैशाख १५ गते १३:३८

Advertisement

बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब करोड १६ रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत बर्षको सोही अवधिको तुलनामा ३३.८७ प्रतिशतले धेरै हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा भने ९ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८५ करोड रुपैयाँ पुगेको छ।

Advertisement

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा धेरैले बढेको छ। कर्जा लगानी पनि २२ प्रतिशतले बढेको छ।

हाल ९ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ५ अर्ब ४१ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री