आइतबार, २६ वैशाख २०७८

एफ सि चितवनलाई डिशहोमको प्रायोजन

समयपोष्ट २०७८ वैशाख १० गते १७:३७

Advertisement

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ सि चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।

प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ सि चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्धारा एफ सि चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

भरत खवास मार्कि प्लेयर रहेका एफ सि चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्घय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफ सि चितवनमा विकाश खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडिहरु रहेका छन् ।

खेल वैशाख ११ देखि शुरुहुँदै छ । एफ सि चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ। नेपाल स्पोर्टस इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिकोलागि प्रतिश्पर्धा गर्नेछन । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री