शुक्रबार, ४ जेठ २०८१

ज्योति विकास बैंकको खुद नाफा बढ्यो

समयपोष्ट २०७८ वैशाख ९ गते १२:२५

Advertisement

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंक लिमिटेडको खुद नाफा बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ३८.१९ प्रतिशत बढेर ६० करोड २५ लाख रुपैयाँ पुगेको छ छ। बैंकको खुद ब्याज आम्दानी ६.३३ प्रतिशत घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३८.२४ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ९ करोड ५४ लाख रुपैयाँ मात्र थियो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १६ रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ २६ पैसा बढेर २० रुपैयाँ ८९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ।

Advertisement

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २७.८० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २४.८० प्रतिशत बढेको छ भने कर्जा ३३.०४ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री