शुक्रबार, ४ जेठ २०८१

३९.३९ प्रतिशतले बढ्यो सिभिल बैंकको खुद नाफा

समयपोष्ट २०७८ वैशाख ९ गते १२:२१

Advertisement

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.४३ प्रतिशबाट घटेर १.१३ प्रतिशतमा सीमित भएको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६२.१७ प्रतिशत घटेको छ। फलस्वरुप बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८७ प्रतिशत घटेको छ। तर, बैंकको सञ्चालन मुनाफा भने ६२.१७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

Advertisement

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ। तर, बैंकको जगेडा कोष भने समीक्षा अवधिमा ६.७२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ४८.२४ प्रतिशत बढेको छ भने कर्जा ४८.२० प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री