शुक्रबार, ४ जेठ २०८१

महादेवफाँटमा प्रभु बैंकको २१४ औं शाखा सञ्चालनमा

समयपोष्ट २०७८ वैशाख ८ गते १५:१५

Advertisement

प्रभु बैंक लिमिटेडले नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका महादेवफाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गर्नु भयो ।

कार्यक्रममा मुख्य सचेतक पाण्डेले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताउँनुभयो ।

बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँनुभयो ।

Advertisement

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री