शुक्रबार, १४ वैशाख २०८१

सीईडीबीले २५ लाख १८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

समयपोष्ट २०७८ वैशाख ८ गते ११:२८

Advertisement

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले बैशाख १७ गतेदेखि २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।

सीईडीबीको आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री