शुक्रबार, ४ जेठ २०८१

सांग्रीला डेभलपमेन्ट बैंकद्धारा दुई दिने अभिमुखीकरण तथा बैंकिङ तालिम सम्पन्न

समयपोष्ट २०७८ वैशाख ७ गते १७:५६

Advertisement

सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ ।
बैंकले आइतबार र सोमबार बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ ।

समापनको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए । तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री