शुक्रबार, ४ जेठ २०८१

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब नाघ्यो

समयपोष्ट २०७८ वैशाख ७ गते १४:२४

Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँबाट बढेर ८२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै खर्च नियन्त्रण गर्न सफल हुँदा बैंकको नाफामा सुधार देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ।

Advertisement

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत बढेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो बराबरको बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेको हो। समीक्षा अवधिमा बैंकको जगेडा कोष २३.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३९.४३ प्रतिशत बढेको छ भने कर्जा ४३.८९ प्रतिशत बढेको छ।

कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा ०.१२ प्रतिशत बढेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री