बिहीबार, २० वैशाख २०८१

सिफ्ट वाइज काम गर्ने व्यवस्था मिलाउन बैंक वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन

समयपोष्ट २०७८ वैशाख ७ गते १४:१३

Advertisement

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले एक सुचना जारी गर्दै क देखि घ वर्ग सम्मका सम्पूण बैंक तथा वित्तीय संस्थालाई नेपाल सरकार र विश्वस्वास्थ्य संगठनले जारी गरेको मापदण्डको पूर्ण पालना गर्दै कारोबार गर्न निर्देशन दिएको हो ।

बैंकले सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिलाई विशेष सजग हुन भनेको छ ।

बैंकले सेवा प्रवाहको क्रममा भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी बनाउन तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिइएको छ । त्यसैगरी, एटिएम प्रयोग गर्ने ठाउँको ढोका खुल्ला राख्न र अनिवार्य स्यानिटाइजर प्रयोग गर्न भनिएकोे छ ।

Advertisement

विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र सकेसम्म यस्ता कार्यक्रमहरू भर्चुअल गर्न पनि निर्देशन दिइएको छ ।

कर्मचारीहरुलाई समूहमा विभाजन गरी प्रत्यक्ष सम्पर्कमा नआउने गरी कार्यसम्पादन गर्ने वातावरण मिलाउने, सिफ्ट वाइज काम गराउने, घरैबाट काम गर्ने व्यवस्था मिलाउने र रिमोट एसेस जस्ता उपाय अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ ।

संक्रमणको शंका लागेकालाई तत्काल आइसोलेटेड गरी परिक्षण गर्न, कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई क्वारेन्टिनमा राख्न पनि निर्देशन दिएको छ ।

संस्थाहरूमा कोभिड-१९ व्यवस्थापन समूहको गठन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री