शनिबार, ८ वैशाख २०८१

अर्ना बियर : लण्डन बियर प्रतियोगितमा बिजयी

समयपोष्ट २०७८ वैशाख ७ गते ८:०२

Advertisement

विश्व वियर उद्योगमा सर्बोच्च मान्यता प्राप्त प्रतियोगि “लण्डन वियर कम्पिटिशन २०२१” मा अर्ना ८ तथा अर्ना लाइट वियरले क्रमशः रजत र काश्य पदक हाँसिल गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा आयोजित प्रतियोगितामा यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो ।

अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कुरा कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।

प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।

लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता , प्राविधिक विशेषज्ञता एवम उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।

यस स्पर्धाका निर्णायकहरु वियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै विश्लेशक, उत्पादन पक्ष, विक्रिवितरण, व्यापार प्रवद्र्घन पक्ष, शैक्षिक क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरि छनोट गरिएको थियो ।

अर्ना (८) ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री