शुक्रबार, ७ वैशाख २०८१

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

समयपोष्ट २०७८ वैशाख ६ गते १०:२५

Advertisement

मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द गरी भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको बताईएको छ ।

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । यसैगरी बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री