बिहीबार, १३ वैशाख २०८१

मुख्यमन्त्री शाहीलाई साथ दिने तीन मन्त्रीले पाए मन्त्री पद

समयपोष्ट २०७८ वैशाख ४ गते २१:२३

Advertisement

कर्णाली प्रदेशमा मन्त्रिपरिषद हेरफेर भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रिपरिषद हेरफेर गर्दै आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका हुन् ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् भने मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री