शनिबार, ८ वैशाख २०८१

एमाले सांसदले फ्लोर क्रस गरेपछि जोगियो मुख्यमन्त्री शाहीको पद

समयपोष्ट २०७८ वैशाख ३ गते १८:२९

Advertisement

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा रहेका एमाले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले शाहीलाई विश्वासको मत दिएपछि तत्कालका लागि मुख्यमन्त्री पद जोगिएको हो ।

प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन नेकपा एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका हुन् । उनीहरु मधव नेपाल पक्षीय सांसद हुन् । मुख्यमन्त्री शाहीलाई विश्वासको मतको लागि २० सांसद आवश्यक थियो । उनको पार्टी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसदको मत पाएपछि उनको पद जोगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री